Aurora Tech Award २०२५ ले अप्रिल ११ देखि १३ सम्म कायरोमा आयोजित भव्य समापन कार्यक्रममा यस वर्षका शीर्ष पाँच उत्कृष्ट महिला प्राविधिक संस्थापकहरूलाई आधिकारिक रूपमा मान्यता दिएको छ। यस प्रमुख कार्यक्रमले विश्वभरका शीर्ष १० फाइनलिस्टहरूलाई — बजार-परिभाषित उद्यमहरू निर्माण गर्ने महिलाहरूलाई — मुख्य पुरस्कार पुरस्कारहरूका लागि प्रतिस्पर्धा गर्न एकै ठाउँमा ल्याएको थियो।
यस वर्षको छोटो सूचीमा MENA, LATAM, मध्य एसिया र APAC का अभूतपूर्व नवप्रवर्तकहरू थिए, जसका स्टार्टअपहरू आर्टिफिसियल इन्टेलिजेन्स (एआई), फिनटेक र स्वास्थ्य प्रविधि सहित विविध उद्योगहरूमा विस्तारित हुँदैछन्। यस अवार्डको २०२५ संस्करणमा ११६ देशहरूबाट अभूतपूर्व २,०१८ आवेदनहरू आए, जुन अघिल्लो वर्षको तुलनामा बुझाइको संख्याभन्दा दुई गुना बढी हो।
प्रतिस्पर्धाको अन्तिम चरण क्षेत्रीय SHE CAN सम्मेलन भित्र सम्पन्न भयो, जसको आयोजना Entreprenelle ले गरेको थियो, जुन शिक्षा, तालिम र उद्यमशीलता सहायता मार्फत महिलाहरूलाई सशक्त बनाउन समर्पित एक प्रमुख इजिप्टियन संस्था हो। २०१५ मा SHE CANको सुरुवात भएदेखि यो MENA क्षेत्रको सबैभन्दा प्रभावशाली उद्योग आयोजनाहरू मध्येको एक बनेको छ, जसले हरेक वर्ष ७,००० भन्दा बढी सहभागीहरूलाई आकर्षित गर्दै आएको छ।
विजेताहरूको घोषणा हुनुभन्दा अघि शीर्ष १० फाइनलिस्टहरू — VC हरूद्वारा नेतृत्व गरिएको बहु-चरणीय विश्वव्यापी छनोट प्रक्रियाबाट शीर्ष ०.५% — ले आफ्नो उद्यमहरूलाई लगानीकर्ताहरू, अपरेटरहरू र सार्वजनिक क्षेत्रका नेताहरूको क्रस-फङ्क्शनल निर्णायक मण्डलमा उच्च-प्रत्यय (high-conviction) वातावरणमा प्रस्तुत गर्नुभयो जुन एउटा कुरालाई उजागर गर्ने उद्देश्य राखी डिजाइन गरिएको थियो: कुन-कुन संस्थापकहरूसँग बजार-परिभाषित कम्पनीहरू निर्माण गर्ने सबैभन्दा स्पष्ट मार्ग छ।
कार्यक्रमको बारेमा सबै कुरा अभिप्रायपूर्वक गरिएको थियो — लगानीकर्ताको पहुँचदेखि लिएर इजिप्टको प्राविधिक इकोसिस्टममा संलग्न व्यक्तिहरूसँग एक रणनीतिक रात्री-भोजनसम्म। Aurora केवल एक आग्रहको मञ्च मात्र होइन। यो शीर्ष-स्तरीय संस्थापकहरूलाई उनीहरूलाई सबैभन्दा बढी चाहिने कुराहरू प्रदान गर्न निर्माण गरिएको एक लञ्च प्याड हो: मान्यता, पूँजी पहुँच र कोठामा सही व्यक्तिहरू जसले आकार दिन्छ उदाउँदै गरेका नवीनताहरूलाई।
“Aurora Tech Awardले केवल प्रतिनिधित्व प्रदान गर्ने अभिप्राय लिएको छैन - यसले वास्तविक कम्पनीहरू निर्माण गर्ने उच्चतम क्षमता भएका संस्थापकहरूलाई ढाडस दिने अभिभारा पनि लिएको छ। यी महिलाहरू यहाँ आइपुग्नुहुने कारण केवल आफ्नको प्राकृतिक लैंगिकता होइन। उहाँहरू यहाँ आउनुभएको कारण भनेको उहाँहरूले निर्माण गरिरहनु भएको व्यवसायहरू हो जसको बारेमा लगानीकर्ताहरूले विचार गर्नुपर्दछ। टेबुल उहाँहरूको लागि नबनाइँदा समेत उहाँहरूले कुनै निमन्त्रणाको लागि प्रतिक्षा गर्नुभएन - उहाँहरूले बरू स्वयं आफ्नै निर्माण गर्नुभयो। Auroraको अस्तित्वको कारण नै उहाँहरूले पूँजी, प्लेटफर्म र सञ्जाललाई अगाडि बढाउने स्थितिलाई सुनिश्चित गर्नु हो\", Aurora Tech Awardका प्रमुख इसाबेला घासेमी-स्मिथले भन्नुभयो।
२०२५ को Aurora Tech Awardका विजेताहरू हुन्:
पहिलो स्थान: सोलापे अकिनपेलु, संस्थापक - HerVest (नाइजेरिया) – एक वित्तीय प्राविधिक (फिनटेक) प्लेटफर्म जसले अफ्रिकामा आर्थिक रूपमा विपन्न महिलाहरूलाई बचत, प्रभाव लगानी र ऋणमा पहुँच प्रदान गर्दछ, विशेष गरी साना कृषिमा संलग्न महिला किसानहरूका लागि।
दोस्रो स्थान: लोरेत्सु गार्सिया अर्राज्टोआ, Nido Contech (चिली)- निर्माण उद्योगमा लागत र वातावरणीय प्रभाव कम गर्न प्रकृतिमा आधारित सामग्रीहरू विकास गर्दछ।
तेस्रो स्थान:श्रेया प्रकाश, FlexiBees (भारत) - एक महत्वपूर्ण विश्वव्यापी चुनौतीलाई सम्बोधन गर्दछ: महिलाको कार्यबलमा न्यून सहभागिता। प्लेटफर्मले अनुभवी महिला पेशेवरहरूलाई लचिला, परियोजना-आधारित र दूर-कार्य (रिमोट) मोडेलहरू मार्फत व्यवसायहरूसँग जोड्दछ, प्रतिभा र रोजगारदाता दुवैको लागि एक दुइतर्फी जीत-जीत समाधान सिर्जना गर्दछ
चौथो स्थान: लौरा भेलास्क्वेज हेरेरा, Arkangel AI (कोलम्बिया) - प्रारम्भिक पहिचान मार्फत रोकथाम गर्न सकिने रोगहरूलाई सम्बोधन गर्न आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गर्दछ। एआई सास प्लेटफर्मले कोडिङ विशेषज्ञताको आवश्यकता बिना नै मेडिकल डेटालाई एआई एल्गोरिदममा रूपान्तरण गर्दछ।
पाँचौं स्थान: लियोनी कोर्न, UpLeap (स्विट्जरल्याण्ड) अन्तरक्रियात्मक, प्रत्यक्ष (hands-on) सिमुलेशन मार्फत चिकित्सा प्रशिक्षणमा क्रान्तिकारी परिवर्तन ल्याउने एक एआई-सञ्चालित प्लेटफर्म।
“महिला उद्यमीहरूलाई अवरोधहरू पार गर्न र बलियो सञ्जाल निर्माण गर्न सहयोग गर्नु अत्यावश्यक छ। Aurora प्लेटफर्म मार्फत, हामी भविष्यमा लगानी आकर्षित गर्ने, दृश्यता बढाउने र रणनीतिक साझेदारीलाई बढावा दिने लक्ष्य राख्छौं। हाम्रो लक्ष्य MENA जस्ता उदीयमान बजारहरूमा प्रणालीगत परिवर्तन ल्याउनु हो, लैङ्गिक लगानी खाडललाई बन्द गर्नु हो। Aurora Tech Award केवल एक प्रशंसा मात्र होइन - यो युनिकर्न संस्थापकहरूको अर्को पुस्ताको लागि एक सुरुवात गराउने लञ्च प्याड हो,” भन्नुहुन्छइभजेनिया म्याट्रोसोभा inDrive मा राइड-हेलिङ प्रमुख, प्रमुख वृद्धि अधिकारी।
Aurora Tech Award २०२५ का विजेताहरूले पहिलो, दोस्रो र तेस्रो स्थानका लागि क्रमशः $३०,०००, $२०,०००, $१५,००० र चौथो तथा पाँचौं स्थानका लागि $१०,००० प्रति नगद पुरस्कार प्राप्त गर्नुहुनेछ। प्रत्येक फाइनलिस्टले सही लगानीकर्ता, उद्योग नेताहरू र रणनीतिक साझेदारहरू — आफ्नो व्यवसायलाई गति दिन सक्ने व्यक्तिहरू — सम्म विशेष पहुँच प्राप्त गर्नुहुनेछ। तर यति मात्र होइन। उहाँहरूले inDriveको विशेषज्ञता, टोली र विश्वव्यापी नेटवर्कमा पनि पहुँच प्राप्त गर्नुहुनेछ, जसले गर्दा उहाँहरूलाई आफ्ना वृद्धिलाई तीव्र बनाउन, सुरक्षित कोष र विश्वव्यापी रूपमा व्यवसायको आकार बढाउन आवश्यक सहयोग र स्रोतहरू प्रदान हुनेछ।
Aurora Tech Award २०२५ का विजेताहरूको बारेमा थप जानकारीको लागि, www.auroratechaward.com मा जानुहोस्
परियोजनाको बारेमा
Aurora Tech Award, inDriveको एक पहल, आकार वृद्धि गर्न सकिने (स्केलेबल), उच्च-सम्भावित व्यवसायहरू निर्माण गर्ने ती सबैभन्दा साहसी प्राविधिक संस्थापक महिलाहरूका लागि मात्र समर्पित एक विश्वव्यापी पुरस्कार हो। तर यो केवल मान्यता प्रदान गर्नको लागि मात्र बनेको होइन - यो एक लञ्चप्याड हो। Auroraले विजेताहरूलाई सही लगानीकर्ताहरू, उद्योग विशेषज्ञहरू र विश्वव्यापी नेटवर्कमा प्रत्यक्ष पहुँच प्रदान गर्दछ - उहाँहरूलाई छिटो व्यवसायको आकार वृद्धि गर्न, थप स्मार्ट हुन र आफ्नो उद्योगहरूमा प्रभुत्व जमाउन आवश्यक पर्ने सबै कुरा। यो केवल एक प्रतिस्पर्धा होइन, यो एक साझेदारी हो जसले सफलतालाई गति दिन्छ र साँच्चै महत्त्वपूर्ण स्रोतहरूको लागि ढोका खोल्छ।
inDrive ४८ देशका ८८८ भन्दा बढी शहरहरूमा सञ्चालन हुन्छ। सामाजिक अन्यायलाई चुनौती दिने आफ्नो उद्देश्यद्वारा प्रेरित यस कम्पनीले सन् २०३० सम्ममा एक अर्ब मानिसहरूको जीवनमा सकारात्मक प्रभाव पार्ने लक्ष्य राखेको छ। यसले स्थानीय समुदायलाई न्यायसंगत मूल्य निर्धारण मोडेलमार्फत् समर्थन गर्ने आफ्नो मुख्य व्यवसाय र यसको गैर-नाफामूलक शाखा inVision को कामद्वारा दुवै माध्यमहरूबाट यो उद्देश्य पछ्याइरहेको छ। inVision का सामुदायिक सशक्तिकरण कार्यक्रमहरूले शिक्षा, खेलकुद, कला र विज्ञान, लैङ्गिक समानता तथा अन्य महत्वपूर्ण पहलहरूमा अगाडि बढ्न सहयोग गर्दछन्।
inDrive एक विश्वव्यापी मोबिलिटी तथा शहरी सेवा प्लेटफर्म हो। inDrive एप ३० करोड पटकभन्दा बढी डाउनलोड भइसकेको छ र २०२४ मा यो दोस्रो सबैभन्दा धेरै डाउनलोड गरिएको मोबिलिटी एप बनेको थियो। राइड-हेलिङको अतिरिक्त inDrive ले अझ बढी शहरी सेवाहरू उपलब्ध गराउँदै आएको छ, जसमा शहरदेखि शहर यातायात, ढुवानी डेलिभरी, कार्य सहायता र कुरियर डेलिभरी समेत समावेश छन्। थप जानकारीका लागि हाम्रो वेबसाइटमा जानुहोस् www.inDrive.com



