विश्वका प्रमुख टेक हबहरू र स्टार्टअप समुदायहरू बाहिर रहेका उत्कृष्ट टेक स्टार्टअपहरूका संस्थापकहरूका लागि एक अन्तर्राष्ट्रिय पुरस्कार, Underdog Tech Awardले गर्वका साथ २०२४ का विजेताहरूको घोषणा गर्दछ। गत वर्ष सुरु गरिएको यस अवार्डको उद्देश्य सीमित स्रोतहरू, लगानी पाउने पहुँचको अभाव र आफ्नो कार्य गर्ने ठेगानाको सीमितताले गर्दा महत्त्वपूर्ण औद्योगिक कार्यक्रमहरूमा सहभागिता लिनबाट बञ्चित भएको स्थिति जस्ता अवरोधहरू पार गर्न प्राविधिक उद्यमीहरूलाई प्रवर्द्धन गर्नु र समर्थन गर्नु हो।

      भर्चुअल रूपमा आयोजित उक्त पुरस्कार समारोहमा विश्वभरका त्यस्ता दूरदर्शी संस्थापकहरूलाई सम्मान गरिएको थियो जसले आफ्नो भौगोलिक अवस्थाले गर्दा भोग्नुपरेका सीमितताहरूका बावजुद पनि आ-आफ्नो उद्योगहरू र समुदायहरूका आकारलाई परिष्कृत गरिरहेका छन्। यस वर्षका विजेताहरूमा समावेश छन्:

      पहिलो स्थान ($३०, ००० पुरस्कार): एल्मिरा सफारोभा, चिली; Rarus Healthको लागि

      Rarus Healthले दुर्लभ आनुवंशिक रोगहरूसँग जुधिरहेका परिवारहरूको रोगको निदानमा सुधार ल्याउन र औषधि तथा जीन थेरापीहरूको विकासलाई थप गति दिन डेटा उत्पन्न गर्न मद्दत गरी आशाको किरण प्रदान गर्दछ।

      दोस्रो स्थान ($२०, ००० पुरस्कार): मोहम्मद तारेक मोहम्मद अब्देलजहर, इजिप्ट; P-vitaको लागि

      P-vitaले मध्य पूर्वमा दिगोपन-सम्बन्धित प्रयासहरूलाई समर्थन गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ, जसअन्तर्गत यसले कृषि फोहोरलाई कस्मेटिक्स र खाद्य उद्योगहरूमा प्रयोगको लागि कच्चा पदार्थमा पुन: प्रयोग गर्न एआई र आईओटीको प्रयोग गरिरहेको छ। दिगोपन र थप सर्कुलर अर्थतन्त्रको सिर्जनाप्रति कम्पनीको प्रतिबद्धताले पहिले नै उच्च औद्योगित मानक निर्धारण गर्न मद्दत गरिरहेको छ।

      तेस्रो स्थान ($१०, ००० पुरस्कार): साउल पानियागुआ-लापेन्टा, बोलिभिया; Vakaको लागि

      VAKA को अग्रणी प्लेटफर्मले बोलिभिया भित्र र बाहिर आर्थिक सशक्तिकरण तथा कृषि दिगोपनलाई बढावा दिँदै किसान र लघु-लगानीकर्ताहरू बीचको खाडललाई कम गरिरहेको छ।

     यस वर्षका शीर्ष तीन पुरस्कार विजेताहरूलाई सम्मान गर्नुको अतिरिक्त यस पहलले निम्न उद्यमीहरूका लागि पनि $५, ००० र विशेष सम्मान प्रदान गर्‍यो:

      भिक्टर जुआरेज, Tu Consejeria (ग्वाटेमाला)- मानसिक स्वास्थ्य सहयोग सुधार गर्न र आवश्यकतामा परेका समुदायहरूलाई आवश्यक सेवाहरू प्रदान गर्न उनले गरेको अमूल्य योगदानहरूका लागि सम्मानित।

     अशरफ बाचेत, O7 Therapy (इजिप्ट) - मानसिक स्वास्थ्य चुनौतीहरूलाई सम्बोधन गर्ने र इजिप्टभरिका व्यक्तिहरूलाई सान्त्वना र मार्गदर्शन प्रदान गर्ने उनको प्रभावकारी कामको लागि सम्मानित।

     अन्डरडग टेक अवार्डकी प्रमुख एकातेरिना स्मिरनोभाले विश्वका प्रमुख टेक हबहरू बाहिर सञ्चालन हुने स्टार्टअपहरूका लागि यस्ता पहलहरूले खेल्ने महत्त्वपूर्ण भूमिकालाई जोड दिँदै टिप्पणी गर्नुभयो:

      "Underdog Tech Awardले अज्ञात क्षेत्रहरूमा आफ्ना पाइलाहरू चालिरहेका नवप्रवर्तकहरूका लागि प्रोत्साहन र प्रमाणीकरणको एक मार्गदर्शक प्रकाशको रूपमा काम गर्दछ। उहाँहरूको उपलब्धिहरूलाई प्रकाशमा पारेर हामी उद्यमशीलताको नयाँ लहरलाई प्रेरित गर्ने र थप समावेशी प्राविधिक इकोसिस्टमलाई बढावा दिने आशा गर्दछौं।

      Underdog Tech Award प्रतिभाहरूको प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको छ र यसले नगद पुरस्कारको अतिरिक्त विजेताहरूलाई औद्योगिक विशेषज्ञहरूबाट प्रशिक्षण र जनसम्पर्क सहायता प्रदान गर्दछ। यी पहलहरूले विजेता स्टार्टअपहरूको वृद्धिलाई उत्प्रेरित गर्नुका साथै विश्वव्यापी प्राविधिक परिदृश्यमा कम प्रतिनिधित्व भएका आवाजहरूलाई सशक्त बनाउने लक्ष्य राख्छन्।