हामीले हाम्रा चालकहरू र कर्मचारीहरूका धेरै कथाहरूलाई समेटेका छौं, तर हाम्रा यात्रुहरूको बारेमा चाँहि? अब हामीले उहाँहरूको कुरा पनि सुन्ने बेला भएको छ। त्यसैको निम्ति यहाँ हुनुहुन्छ डाशा, एक पर्वतारोही र पर्यटन विद्यार्थी, जसले आफूलाई भेटाउनुहुँदैछ आफ्नै साहसिक गतिशिलतामा। उनका लागि, प्रत्येक यात्रा व्यक्तिगत विकास तर्फको एक कदम हो।
एउटा ठाउँ छ जहाँ म बारम्बार आइरहन्छु - तामगली-तास। तपाईंले यस स्थानलाई नक्सामा सजिलै फेला पार्नुहुनेछैन र त्यहाँ पुग्दा अर्को ग्रहमा उडेर पुगेको जस्तै लाग्न थाल्छ। त्यहाँ कुनै बसहरू जाँदैनन् र त्यसले गर्दा त्यहाँ तर्फको यात्रा लगभग असम्भव जस्तै बन्छ। तर जस्तो स्थिति हुँदा पनि म त्यहाँ जान्छु। किनकि मलाई वास्तवमै त्यहाँ पुग्नु आवश्यक लाग्छ।
म २५ वर्षको भएँ, म पर्यटन अध्ययन गर्छु र आरोहणको अभ्यास गर्छु। मलाई निरन्तर चलायमान हुनु आवश्यक लाग्छ। आफ्नो शरीर मात्र एक ठाउँबाट अर्कोमा पुर्याएर होइन - आफ्नै शरीरको उर्जा खर्च गरी यात्रा गरेर, हिँडेर, आरोहण गरेर। मलाई आफैलाई अघि बढाउँदै, वृद्धि गर्दै, आफैमाथि जीत हासिल गर्दै चलायमान हुनु आवश्यक लाग्छ। यस अर्थमा आरोहण भनेको मेरो निम्ति ध्यान जस्तै हो। यो केवल एक शोख होइन, यो त एक जीवनशैली हो। जब तपाईं मार्गमा एक्लै हिँड्नुहुन्छ, तपाईं आफैसँग एक्लै हुनुहुन्छ।
म पहिलो पटक २०२३ मा पहाडहरूमा पुगेँ। त्यतिबेला मैले मेरो बुबासँग पुन: सम्पर्क गर्न थालेँ। उहाँ एक पर्वतारोही हुनुहुन्छ, उहाँलाई यो संसार राम्रोसँग थाहा छ। हामी परिवारकै रूपमा पहाडमा पुग्यौँ। उहाँहरूले मलाई मेरो पहिलो हेलमेट, हार्नेस दिनुभयो र भन्नुभयो, \"आउ, प्रयास गरी हेर।\" मलाई केही थाहा थिएन, मसँग आरोहणको कुनै अनुभव थिएन र साँच्चै भन्नुपर्दा म डराएकी थिएँ। तर नचढ्ने भन्ने विकल्प नै थिएन। पछि गएर \"मैले आफैँलाई निराश बनाएँ\" भन्नु पनि थिएन।
मैले मेरो पहिलो मार्ग पूरा गरेँ। त्यसबेलादेखि आजसम्म धेरै परिवर्तनहरू भएका छन्। मैले महसुस गरेँ कि आरोहण भनेको बल मात्र होइन - यो त वास्तवमै बुझ्दा डर माथिको जीत हो। आफैलाई कसरी सुन्ने भन्ने कुरा सिक्नु हो। कहिलेकाहीँ तपाईंलाई लाग्न सक्छ \"यो त असम्भव छ, यो त म गर्नै सक्दिन।\" तर त्यसपछि तपाईं एक कदम चाल्नुहुन्छ, श्वास फेर्नुहुन्छ, प्रयास गर्नुहुन्छ - र अचानक तपाईं आफूले अपेक्षा गर्नुभएको स्थिति भन्दा माथि पुग्नुहुन्छ।
मैले अप्रत्याशित रूपमा अंग्रेजी पढाउन थालेँ। म पढाउने काम गर्नेछु भनेर मैले कहिले पनि सोचेकी थिइनँ र मेरो स्तर खासै राम्रो पनि थिएन। तर अमेरिकाको यात्रा पछि मेरो अंग्रेजीमा सुधार आयो, म घर फर्किएँ र मलाई जागिरको प्रस्ताव आयो। यो धेरै हदसम्म पर्वतारोहण जस्तै भयो। तपाईं गल्ती गर्न डराउनुहुन्छ, त्यस्तो गर्नु असहज लाग्छ। तर आफ्नो सहज क्षेत्र-स्थिति (कम्फर्ट जोन) नछोडेसम्म - तपाईं अगाडि सक्नुहुन्न। गल्ती गर्ने, खसेर लड्ने, डराउने - यी सबै नै यात्राका हिस्सा हुन्। र यी स्थितिहरू मार्फत तपाईं भित्र आत्मविश्वास पलाउँछ।
"content": "\nअब म फेरि पहाडहरूको बारेमा सोच्दै छु, म चढ्न चाहन्छु। त्यो टाढा छ र मसँग आफ्नै कार पनि छैन। तर म खुसी छु कि मसँग एक विकल्प छ। inDriveलाई एक सवारीको माध्यम मात्र ठानिएला - तर मेरा लागि भने यो मेरो आफ्नै पूर्ण स्वतन्त्र यात्राको माध्यम हो. म मेरा चालक र मेरो मार्ग छनौट गर्न सक्छु अनि मेरो मनले जहाँ लान खोज्छ त्यहाँ जान सक्छु। र मलाई सुरक्षित महसुस गर्नु, आफ्नै सर्तहरूमा रहनु महत्त्वपूर्ण लाग्छ।



