inDrive मार्फत काम गर्ने धेरैजसो चालकहरू अरू बेग्लै मुख्य पेशाहरूमा आबद्ध रहेका हुन्छन्। आफ्ना मुख्य काम सकिएपछि, उहाँहरू थप पैसा कमाउन, नयाँ मानिसहरूलाई भेट्न र आफ्नो नियमित दैनिकीको झमेलाबाट केही क्षण छुट्टिन मानिसहरूलाई एक ठाउँबाट अर्को ठाउँसम्म पुर्‍याउँछन्। उराल्सक्कका हाम्रा एक चालकका लागि त यी सबै नै लागू हुन्छ। यहाँ उहाँको कथा प्रस्तुत गरिएको छ।


          "मैले जे गर्छु त्यसमा मैले मेरो सम्पूर्ण प्रयास दिनैपर्छ भन्ने कुरा मैले सधैँ नै आफूभित्र राखेको छु। तर मैले कहिल्यै सोचेको थिइनँ कि मेरो घर तर्फको बाटो पनि मेरो कामको हिस्सा बन्नेछ भनेर।"


      म उराल्स्कमा एक प्यारामेडिकको रूपमा काम गर्छु — यो नै मेरो मुख्य पेशा हो। २०१९मा मेडिकल कलेजबाट स्नातक गरेपछि म एम्बुलेन्स सेवामा कार्यरत छु जहाँ कलहरू जुनसुकै बेला पनि आउन सक्छन्। कसैले कस्तो प्रयोजनको लागि १०३मा कल गरेका हुन भन्ने कुराको अनुमान कहिल्यै पनि लाउन सकिँदैन। चिकित्सा मेरो परिवारमा चल्दै आएको परम्परा जस्तै हो; यो पुस्तौंपुस्ता देखि हाम्रो परिवारमा सर्दै आइरहेको छ। मानिसहरूको मद्दत गर्ने कुरा मेरो निम्ति कहिले पनि संकोचको विषय नै थिएन — त्यो मेरै निम्ति बनेको मार्ग थियो।

      काममा हुँदा मेरा सहकर्मीहरूले ठट्टा गर्छन् कि मेरा \"धेरै सन्तानहरू छन्\"। बितेका वर्षहरूका दौरनमा मैले सातवटा छोरीहरू र एउटा छोराहरूलाई जन्म लिँदा मद्दत गरेको छु। मलाई अझै पनि एउटा क्षण जीवन्त रूपमा याद छ: एक बुबाले आफ्नी नवजात छोरीलाई बोकिरहेका थिए र त्यसपछि उसलाई मेरो हातमा बोक्न दिँदै उहाँले भन्नुभयो \"यो नानी मेरी होइन। ऊ तिम्रो चाँहि हो। यो संसारमा उसलाई तिमीले ल्यायौ।\"

      परिवार नै मेरो आधार हो। म हरेकपटक घर फर्किंदा, मेरी छोरी नै ढोकामा सबैभन्दा पहिला आउँछिन्। ऊ कराएर दौडिँदै आएर, \"बाबा!\" भन्छे — र त्यही क्षणमा मेरो दिनभरको सबै तनाव हराइदिन्छ। ऊ जन्मिएपछि, सबैथोक परिवर्तन भएको छ। अहिले मेरो जीवनमा अझ गहिरो उद्देश्य भएको, साँच्चैको जिम्मेवारी लिएको महसुस गर्छु। मेरो सबैभन्दा ठूलो सपना ऊसलाई खुशी देख्नु, ऊसको बाल्यकालको हरेक पल सम्झनु र जीवनमा ऊसलाई ऊसकै बाटोमा अगाडि बढ्न मार्गदर्शन गर्नु हो।

      जब मैले महसुस गरेँ कि प्यारामेडिकको तलब पर्याप्त भइरहेको छैन, तब मैले त्यस्तो दोस्रो जागिर खोजेँ जसले मलाई स्वतन्त्रता प्रदान गर्छ। त्यसैले मैले रोजेँ inDrive। यस प्लेटफर्मसँगको मेरो यात्रा मेरो कलेजका दिनमा सुरु भयो, जब मसँग आफ्नै कार पनि थिएन। म महिनामा एक वा दुई पटक मेरी काकीको कार प्रयोग गर्थें। बिस्तारै, यो केही अझ ठूलो कुरामा परिणत हुँदै गयो।

      आज पनि, कहिलेकाहीँ मेरो शिफ्ट सकिएपछि म inDrive मा सवारी दिने गर्छु। मेरो लागि यो एउटा रमाइलो गतिविधि जस्तै हो — नयाँ मान्छेसँग भेटघाट गर्ने, एकअर्काका जीवनका पलहरूमा अनुभव साट्ने र फरक तरिकामा सहयोग गर्न पाउँदाको खुशी महसुस गर्ने उपाय हो।

      यो करुणालाई अगाडि बढाउँदै सार्ने अर्को तरिका हो। मेरो लक्ष्य सरल छ: मैले भेट्ने सबैलाई मद्दत गर्ने, उहाँहरू सुरक्षित र समयमै आइपुग्ने कुरालाई सुनिश्चित गर्ने। र हुनसक्छ, यदि उहाँहरू राम्रो मुडमा घर पुग्नु भयो भने, उहाँहरूले त्यो भावना अरूतर्फ पनि सार्नु हुनेछ।

      यो बुमेराङ जस्तै हो — तपाईंले जति धेरै दिनुहुन्छ, त्यति नै धेरै फिर्ता पनि आउँछ। म यसमा साँच्चै नै विश्वास गर्छु।