नयाँ सुरुवात गर्न सजिलो छैन - विशेष गरी जब संसारलाई लाग्छ कि तपाईंको समय बितिसकेको छ। तर सान लुइस पोटोसीकी लिलियाना मार्टिनेज सान्चेजको लागि परिवर्तन एक नयाँ सुरुवात बन्यो। ५० वर्षको उमेरमा मेक्सिको फर्किएपछि र बेरोजगारीको सामना गरेपछि उनले पत्ता लगाइन् कि चलायमान - शाब्दिक र भावनात्मक दुवै अर्थमा - बन्नाले उनको जीवनलाई फेरी सही मार्गमा फर्काउन सक्छ।
५० मा फेरि सुरु गर्नु डरलाग्दो हुन्छ। तर चलायमान नहुनु झनै डरलाग्दो हुन्छ।
म लिलियाना मार्टिनेज सान्चेज हुँ। म ग्वाडालाहारामा जन्मिएकी थिएँ, सियुडाड भिक्टोरियामा हुर्किएकी थिएँ र अहिले म सान लुइस पोटोसीमा बस्छु। मलाई आफू एक inDrive चालक भएकोमा गर्व छ — मैले कहिल्यै सोचेको थिइनँ कि मैले यस्तो भन्न पाउनेछु।
मेक्सिको तर्फको फर्काई
लगभग २० वर्षसम्म म टोरन्टोमा बसेँ। त्यसपछि, पाँच वर्ष अघि मैले मेक्सिको फर्कने निर्णय गरेंँ। मेरो परिवारले मलाई फिर्ता ल्यायो। तर मैले चाँडै बुझेँ कि ४०को उमेर पछि जागिर पाउन सजिलो छैन - र ५१ वर्षको उमेरमा कसैले पनि मलाई रोजगारीमा राख्न चाहँदैनथे। यो एक विचलित गर्ने स्थिति थियो। मलाई के गर्ने वा कसरी जीविकोपार्जन गर्ने भन्ने थाहा थिएन। म कतै हराएको जस्तो र चरम नैरश्यतामा पुगेको महसुस गर्न थालेँ, मलाई लाग्थ्यो कि म केही गरी पनि सुधार गर्न सक्ने स्थिति थिएन। र त्यसपछि, inDrive मेरो उद्धारमा आयो।
यो सबै मेरी छोरीबाट सुरु भयो। ऊसले मलाई भनिन्, \"आमा, तपाईंसँग यसको निम्ति अनुकूल व्यक्तित्व छ।\" सुरुमा मैले ऊसलाई विश्वास गरिन। तर त्यसपछि ऊसले आफ्नो साथीको श्रीमानले inDriveमा गाडी चलाएर सात जनाको परिवारलाई कसरी सहयोग गर्थे भन्ने कुरा मलाई बताइन् - र मैले सोचेँ, यदि तिनले त्यस्तो गर्न सक्छन् भने, म पनि अवश्य गर्न सक्छु।

यात्रुहरूको सेवा सबैभन्दा माथि
अहिलेसम्म पाँच वर्षको अवधिमा मैले अद्भुत यात्रुहरूलाई भेटेको छु - ती मानिसहरू जो मेरा ग्राहकहरू र साथीहरू समेत बनेका छन्। कोही मलाई \"आन्टी\", कोही \"लीला\" र कोही केवल \"आमा\" भन्छन्। धेरैजना मेरो कारमा सवारीको लागि मात्र नभएर केही प्रोत्साहन, केही करुणाका शब्द वा सुझावका लागि पनि चढ्छन्।
यस कामको निम्ति निकै सहानुभूति र धैर्यता चाहिन्छ। तर यसको प्रतिफल ठूलो छ। हरेक पटक जब म एप चलाउँछु र राम्रो समीक्षाहरू देख्छु, मैले थाहा पाउँछु कि मैले केही त सही गरिरहेकी छु।
मलाई सबैभन्दा धेरै मनपर्ने कुरा भनेको स्वतन्त्रता हो
म मेरो सवारीहरू, मेरो मार्गहरू र मेरा यात्रुहरू छनौट गर्छु। मैलै कुन टोलबाट गाडी चलाउने हो भन्ने कुराको निर्णय म आफैँ गर्छु। कसैले पनि मलाई केही पनि स्वीकार गर्न बाध्य पार्दैन - निर्णय मैरै हो। मेरो सुरक्षा त्यही हो। स्वतन्त्रता भनेको त्यही हो।
यदि तपाईं यस्तो प्रयास गर्ने बारे सोचिरहनु भएकी महिला हुनुहुन्छ भने, मेरो सल्लाह सरल छ: अवश्य पनि गरेर हेर्नुहोस्। यो जोखिम होइन - यो एक अवसर हो। यो अवसर हो आर्थिक स्वाधीनताको लागि। साथै स्वतन्त्रता र आफ्नो समयमाथि नियन्त्रणको लागि पनि। अनि आत्मसम्मानको लागि पनि।
५६ वर्षको उमेरमा, म हरेक दिन उठ्छु र सोच्छु, म भित्र अझै पनि क्षमता छ। म कहिल्यै हार मान्दिन। म चलायमान छु, म सोच्छु, म गर्छु। र जब म भन्छु \"म यो गर्न सक्छु,\" यसको कारण हो चलायमान बन्नु नै जीवन्त हुनु हो भन्ने म भित्रको बुझाई - र inDrive ले मलाई यसलाई फेरि यो अनुभूति प्राप्त गर्न मद्दत गर्यो।



