माउन्टेन भ्यू, क्यालिफोर्निया - फेब्रुअरी ६, २०२५ - ४८ देशहरूमा सञ्चालन हुने विश्वव्यापी मोबिलिटी र शहरी सेवा प्लेटफर्म inDriveलाई फेरि एक पटक विश्वको दोस्रो सबैभन्दा धेरै डाउनलोड गरिएको राइड-हेलिङ एपको रूपमा अग्रणी मार्केट इन्टेलिजेन्स फर्म Sensor Towerले पहिचान गरेको छ, जसअन्तर्गत २०२४ मा लगातार तेस्रो वर्ष यसको प्रभावशाली वृद्धि गति कायम भएको जनाइएको छ। inDriveले यात्रा श्रेणीमा विश्वव्यापी रूपमा पाँचौं सबैभन्दा धेरै डाउनलोड गरिएको एपको रूपमा पनि स्थान पाएको छ।

     २०२४को डिसेम्बर महिनामा मात्र ६१ लाख भन्दा बढी पटक inDrive एप डाउनलोड गरिएको थियो। यसको अद्वितीय पियर-टु-पियर मूल्य निर्धारण मोडेलको साथ inDriveले ८८८ शहरहरूमा यात्रुहरूको लागि किफायती यातायात विकल्पहरू र चालकहरूको लागि उचित कमाईका अवसरहरू प्रदान गर्ने कार्यलाई जारी राखेको छ, सँगसँगै कम्पनीले मोबिलिटी भन्दा बाहिरका सेवाहरूलाई विविधीकरण गर्ने क्रम पनि अगाडि बढाइरहेको छ।

      गत वर्ष inDriveले चालकहरूका निम्ति ऋणलाई अझ बढी पहुँचयोग्य बनाउन मद्दत गर्न मेक्सिको र कोलम्बियामा आफ्नो वित्तीय सेवा प्रस्तुति inDrive.Moneyको परीक्षण गर्न थाल्यो। २०३० सम्ममा कम्तिमा १ अर्ब मानिसहरूको जीवन सुधार गर्ने inDriveको बृहत् लक्ष्यसँग inDrive.Money अनुकूल रहेको छ र यस वर्षको अन्त्यतिर थप भौगोलिक क्षेत्रहरूमा यसको विस्तार गर्ने तयारी गरिँदैछ।

     यसको अतिरिक्त २०२४ मा यात्रा श्रेणीमा इजिप्ट, मोरक्को, नेपाल, पनामा र जमैका सहितका ११ बजारहरूमा डाउनलोड संख्याको आधारमा inDrive अग्रणी राइड-हेलिङ एप बनेको थियो*। राइड-हेलिङ र वित्तीय सेवाहरूको अतिरिक्त, inDriveले शहर-देखि-शहर यातायात, माल ढुवानी र कुरियर डेलिभरी सेवाहरू पनि प्रदान गर्दछ।


         "विश्वभर दोस्रो सबैभन्दा धेरै डाउनलोड गरिएको राइड-हेलिङ एपको रूपमा आफ्नो स्थान कायम राख्नु inDriveको लागि एक अविश्वसनीय उपलब्धि हो। यो प्रत्यक्ष प्रमाण हो एप पछाडि रहेका मेहनती व्यक्तिहरू - हाम्रो विश्वव्यापी टोली - ले गरेको उत्कृष्ट कामको, जसबाट निष्पक्ष सेवाहरू प्रदान गर्ने र मानिसहरूको जीवन सुधार गर्ने हाम्रो लक्ष्यलाई कहिले पनि अवमूल्यन नगरी हाम्रा प्रयोगकर्ताहरूका निम्ति सुधार ल्याउन र महत्त्व बढाउन निरन्तर काम हुँदैछ।

inDriveले उचित मूल्यमा मोबिलिटी सेवाहरू सहज बनाउन र सेवाबाट वञ्चित समुदायहरूमा कामदारहरूको लागि अर्थपूर्ण कमाईका अवसरहरू सिर्जना गर्न अथक प्रयास गरिरहेको छ। एप डाउनलोडहरूको लागि पछिल्लो तथ्याङ्कमा हाम्रा अथक प्रयासहरू फेरि एक पटक प्रतिबिम्बित भएको देख्न पाउनु सम्मानको कुरा हो।"


आर्सेन टम्स्की
inDrive का संस्थापक र प्रमुख कार्यकारी अधिकृत (CEO)

      *Sensor Tower र data.ai (२०२४ मा Sensor Tower द्वारा अधिग्रहण गरिएको)बाट प्राप्त संयुक्त डेटामा आधारित

     The State of Mobile प्रतिवेदन र यसमा समावेश सबै मौलिक सामग्री पूर्ण रूपमा Sensor Tower, Inc.© 2024 को स्वामित्वमा रहेको छ।

      प्रेस सोधपुछको लागि, कृपया press@sensortower.com मा सम्पर्क गर्नुहोस्

inDrive को बारेमा

      inDrive अमेरिकामा दर्ता भएको एक मोबिलिटी र शहरी सेवा प्लेटफर्म हो जुन ४८ देशका ८८८ शहरहरूमा सञ्चालनमा रहेको छ। inDrive एप २८ करोडभन्दा बढी पटक डाउनलोड भइसकेको छ र यो २०२२ देखि विश्वको दोस्रो सबैभन्दा धेरै डाउनलोड गरिएको राइड-हेलिङ एपको रुपमा कायम रहेको छ। राइड-हेलिङको अतिरिक्त, inDriveले inDrive.Money, शहरदेखि शहर यातायात, ढुवानी डेलिभरी र कुरियर लगायतका सेवाहरूको विस्तारित सूचीमा समावेश सेवाहरू प्रदान गर्दछ। inDriveले आफ्नो गैर-नाफामुखी शाखा inVision मार्फत शिक्षा, खेलकुद, कला र विज्ञान, लैङ्गिक समानता र सेवाबाट वञ्चित समुदायहरूमा अन्य महत्त्वपूर्ण पहलहरूलाई समर्थन गर्दछ।

      थप जानकारीको लागि www.inDrive.com मा जानुहोस्

Sensor Tower को बारेमा

      Sensor Tower विश्वभरका ठूला ब्रान्ड र एप प्रकाशकहरूको लागि मोबाइल एप, डिजिटल विज्ञापन, खुद्रा मिडिया र दर्शक अन्तर्दृष्टिको प्रमुख स्रोत हो। विश्वको डिजिटल अर्थतन्त्र मापन गर्ने उद्देश्यका साथ Sensor Towerको पुरस्कार-सम्मानित प्लेटफर्मले मोबाइल एप र डिजिटल इकोसिस्टममा अतुलनीय दृश्यता प्रदान गर्दछ, जसले संस्थाहरूलाई बजार गतिशीलता परिवर्तन गर्न अगाडि रहन र सूचित, रणनीतिक निर्णयहरू लिन सामर्थ्यता प्रदान गर्दछ।

   २०१३ मा स्थापित Sensor Towerको मोबाइल एप अन्तर्दृष्टिहरूले मार्केटरहरू, एप र गेम विकासकर्ताहरूलाई प्रयोग, संलग्नता र सःशुल्क अधिग्रहण रणनीतिहरूमा दृश्यताको साथ मोबाइल एप इकोसिस्टमका रहस्यहरूलाई खुलासा गर्न मद्दत गरेको छ। २०२४ मा Sensor Towerले data.ai प्राप्त गर्‍यो, जसले मोबाइल र डिजिटल बजार अन्तर्दृष्टिको लागि विश्वासनीय स्रोतको रूपमा आफ्नो स्थितिलाई अझ सुदृढ बनायो।

      कृपया www.sensortower.com मा जानुहोस्